वालिङ, १० असार ।
वालिङ नगरपालिकाले आर्थिक वर्ष ०८०÷०८१ का लागि एक अर्ब ९ करोड बजेट सार्वजनिक गरेको छ । नगरपालिको १४ औँ नगरसभामा नगर उपप्रमुख कविता तिवारी गैह«ेले आव ०८०÷०८१ को लागि एक अर्ब ८ करोड ८९ लाख ८३ हजार विनियोजन गरेको सार्वजनिक गर्नुभएको हो । उपप्रमुखले तिवारीले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ६० करोड ५६ लाख ७१ हजार अर्थात ५६.१३ प्रतिशत र पुँजीगततर्फ ४७ करोड ३३ लख ५१ हजार ४३.८७ प्रतिशत रहेको छ । विनियोजित बजेटमा आर्थिक विकासका लागि ११ करोड ४० लाख ३३ हजार १५०, सामाजिक विकासमा ६ करोड ५१ लाख ६१ हजार, पूर्वाधार विकासमा ९ करोड ७७ लाख ८००, सुशासन र अन्र्तसम्बन्धतर्फ ३ करोड ५५ हजार ९०० रहेको छ । अनुमानित बजेटको स्रोत व्यवस्थापनको लागि आर्थिक विकासको लागि आन्तरिक स्रोत वृद्धिलाई मुख्य रुपमा लिइएको छ । आन्तरिक आयस्रोत वृद्धि गरी ३१ करोड पु¥याइने लक्ष्य लिइएको छ ।

संघीय वित्तीय समानीकरणबाट १४ करोड ९६ लाख, संघीय सरकार राजस्व बाँडफाँड १३ करोड २२ लाख ४६ हजार, संघीय सरकार सशर्त अनुदान ४१ करोड ४४ लाख प्रक्ष्येपण गरिएको छ । संघीय सरकार विशेष अनुदान १ करोड ५० लाख, संघीय सरकार समपूरक अनुदान ३ करोड, प्रदेश सरकार समानीकरण अनुदान २ करोड ११ लाख ४९ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड १ करोड ५५ लाख ८८ हजार, प्रदेश सरकार सशर्त अनुदान ५० लाख र प्रदेश सरकार समपूरक अनुदान ६० लाख रहेको छ । विनियोजित बजेटबाट नगरपालिकाका १४ वटा वडाहरुमा ६ करोड ५० लाख छुट्याइएको छ । वडाहरुमा पठाइने बजेट संघीय सरकारबाट प्राप्त समानीकरण अनुदानको स्रोत रहने छ ।







